नेकपा माओवादी केन्द्रले आठौं महाधिवेशन गरेको आठ महिनापछि पदाधिकारी टुंगो लगाउँदैछ।
माओवादी पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार आज बस्ने स्थायी कमिटी बैठकले पदाधिकारीको टुंगो लगाउनेछ। बैठक दिउँसाे ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ।
यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा पदाधिकारीको बारेमा निर्णय लिन केही समय मागेका थिए। स्रोतका अनुसार महासचिवमा देव गुरुङको संभावना बढेको छ।
यसअघि महासचिवको चर्चामा रहेका नेताद्वय वर्षमान पुन र जनार्दन शर्मालाई भने उपाध्यक्ष बनाउने तयारी भएको माओवादी उच्च स्रोतले नेपालखबरलाई जानकारी दियो।
त्यस्तै, कृष्णबहादुर महरा, मातृका यादव र पम्फा भुसाललाई पनि उपाध्यक्ष बनाउनेगरी प्रचण्डले तयारी गरेका छन।
वरिष्ठ उपाध्यक्षमा यसअघि नै नारायणकाजी श्रेष्ठलाई प्रचण्डले घोषणा गरिसकेका छन्।
Shares
प्रतिक्रिया