NepalKhabar NepalKhabar

राजनीति


केन्द्रीय सदस्यमा नपरेपछि पार्वताले गरिन् कांग्रेस छाड्ने घोषणा

केन्द्रीय सदस्यमा नपरेपछि पार्वताले गरिन् कांग्रेस छाड्ने घोषणा

नेपालखबर
साउन ३१ , काठमाडौँ

नेपाली कांग्रेसकी पूर्वकेन्द्रीय सदस्य पार्वता डिसी चौधरीले कांग्रेससँगको साइनो तोड्ने बताएकी छन्। 

मंगलबार सभापति शेरबहादुर देउवाले १० जना महिलालाई केन्द्रीय सदस्यमा मनोनित गर्दा नपरेपछि डिसीले पार्टी परित्याग गर्ने चेतावनी दिएकी हुन्।

उनले सामाजिक सञ्जाल ट्विटरमा देउवालाई सम्बोधन गर्दै लेखेकी छन्, ‘आज केन्द्रीय सदस्यमा १० जना महिला मनोनित हुँदा पार्वता डिसी चौधरी अट्न सकिन अटिन। त्यसको लागि धन्यबाद छ। छिट्टै कांग्रेससँगको साइनो तोड्दै छु।’

उनले सांसदको पदावधि सकिएपछि पार्टीमा राजीनामा बुझाउने नेपालखबरसँग बताइन्। पार्टीले अन्याय गरेको र सोझा सिधाको काम नभएको गुनासो पनि गरिन्।

‘जनताले म्यान्डेट दिएको अवधि सकिएपछि पार्टी सभापतिलाई साधारण सदस्यसमेत नरहने गरि राजीनामा बुझाउँछु। अब पार्टीमा हामी जस्ता सोझा साझाको काम छैन’ उनले भनिन्, ‘अन्याय गरेपछि किन बस्नु पार्टीमा? अब उमेर पनि भैसक्यो। नयाँ जोस जाँगर भएका साथीहरु हुनुहुन्छ उहाँहरुले गर्नुहुन्छ नि।’

१२ औँ र १३ औँ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा विजयी डिसी १४ औं महाधिवेशनमा पराजित भएकी थिइन्।
हाल समानुपातिक सांसद रहेकी उनी २०७० मा प्रत्यक्षतर्फ निर्वाचित संविधानसभा सदस्यसमेत हुन्।
 

 

साउन ३१, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.