ad ad

राजनीति


जबराविरुद्ध महाअभियोग सिफारिस समितिको पहिलो बैठक बस्दै

जबराविरुद्ध महाअभियोग सिफारिस समितिको पहिलो बैठक बस्दै

फाइल फोटो


नेपालखबर
साउन ३१, २०७९ मंगलबार १६:५३, काठमाडौँ

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाभियोग छानबिन गर्न गठित ‘सिफारिस समिति’ को पहिलो बैठक बस्दैछ। 

गत फागुन २२ गते प्रतिनिधिसभा बैठकबाट गठित ११ सदस्यीय ‘महाभियोग सिफारिस समिति’ को पहिलो बैठक बुधबार बस्न लागेको हो। 

बैठक सिंहदरबारस्थित कानुन समितिको हलमा बिहान साढे ११ बजे बस्ने स्रोतले जनाएको छ।

समितिमा नेकपा एमालेका सांसदहरु विष्णुप्रसाद पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहम्फे र कृष्णभक्त पोखरेल सदस्य छन्।

नेपाली कांग्रेसबाट मीनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट, नेकपा माओवादी केन्द्रबाट यशोदा सुवेदी र रेखा शर्मालाई सदस्य बनाइएको छ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट एकवाल मियाँ र जनता समाजवादी पार्टी (जसपा) बाट प्रमोद साहसहित ११ जना सांसद छन्।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ सांसदले हस्ताक्षर गरेर गत फागुन १ गते संसद् सचिवालयमा राणाविरुद्ध महाअभियोग दर्ता गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .