ad ad

राजनीति


निर्वाचन प्रयोजनका लागि कांग्रेस आयोगमा दर्ता

निर्वाचन प्रयोजनका लागि कांग्रेस आयोगमा दर्ता

नेपालखबर
साउन ३१, २०७९ मंगलबार १६:१०, काठमाडौँ

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएको छ।

उपसभापति धनराज गुरुङको नेतृत्वमा गएको टोलीले मंगलबार कांग्रेसलाई निर्वाचन प्रयोजनका लागि दलका रुपमा आयोगमा दर्ता गरेका हुन्। 

दल दर्ताका लागि उपसभापति गुरुङसँगै कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवसमेत रहेका राष्ट्रियसभा सदस्य कृष्णप्रसाद पौडेल, सचिवद्वय केशव रिजाल र प्रकाश शर्मा आयोग पुगेका थिए। 

साउन २८ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गर्ने र दर्तासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न मुख्य सचिव पौडेललाई जिम्मेवारी दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .