ad ad

राजनीति


प्रचण्डसँग मेराे जीवनमरणको सम्बन्ध छ : वामदेव

प्रचण्डसँग मेराे जीवनमरणको सम्बन्ध छ : वामदेव

फाइल फोटाे


नेपालखबर
साउन ३१, २०७९ मंगलबार १५:३३, काठमाडौँ

नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग जीवन मरणको सम्बन्ध रहेको बताएका छन्।

मंगलबार (३१ साउनमा) निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका उनले प्रचण्डसँग आफ्नो गहिरो प्रेम रहेको दाबी गरे। 

‘प्रचण्ड र म जीवनमरणका दोस्ती हौँ’ तपाइँ प्रधानमन्त्री बन्नेबारे के हुँदैछ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘प्रधानमन्त्रीबारे म चुप। याे बारेमा नसोध्नुस्। फेरि सबै कुरा बिग्रिन्छ।’

गौतम माओवादीकै चिह्न हँसिया हथौडाबाट चुनाव लड्ने तयारीमा छन्। 

उनले त्यसका लागि माओवादी केन्द्रसँग प्रतिनिधि सभामा १ र प्रदेश सभाको २ सिट मागेका छन्।

राष्ट्रिय सभामा ६ वर्षका लागि मनोनित उनी सो पद छोडेर प्रतिनिधि सभा चुनाव लड्न लागेका हुन्।

एमालेबाट चुनाव लड्यो भने आफू हारिने भएकोले माओवादीको चुनाव चिह्न रोजेको उनले बताए।

‘म सूर्यबाट चुनाव लडे हार्छु,’ गौतमले थपे, ‘तर माओवादीको हँसिया हथौडाबाट जित्छु।’

गौतम एमाले–माओवादी गठबन्धनबाट २०७४ को चुनावमा उठेपनि कांग्रेससँग पराजित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .