ad ad

राजनीति


एउटै चिह्नबाट कसरी चुनाव लड्छन् दलहरु?

एउटै चिह्नबाट कसरी चुनाव लड्छन् दलहरु?

फाइल फोटो


नेपालखबर
साउन ३१, २०७९ मंगलबार १५:६, काठमाडौँ

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा ( एकता राष्ट्रिय  अभियान) नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा उम्मेदवार बन्न तयार भएका छन्। 

माओवादी केन्द्रले २०६४ को संविधानसभा चुनावदेखि पाएको हँसिया हथौडाबाट मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनाव लड्न यी दुई दलहरु तयार भए।

तर, तीनवटा दल एउटै चिन्हमा लड्न कसरी संभव हुन्छ? त्यसका लागि के प्रक्रिया पूरा गर्नुपर्छ? 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुई वा दुईभन्दा बढी दल मिलेर एउटै चिन्हमा चुनाव लड्न चाहे आयोगले अनुमति दिने बताए।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा यसबारे व्यवस्था छ।

No description available.

तर, त्यसका लागि दलहरुले केन्द्रीय समितिबाट निर्णय गराउनुपर्नेछ ।

त्यसरी दलबाट निर्णय गराएपछि जुन दलको चुनाव चिन्ह लिने हो त्यस दलका अध्यक्ष वा प्रमुखसँग सहमति गरेर संयुक्त हस्ताक्षर पनि गरेपछि त्यो आयोगलाई बुझाउनु पर्नेछ।

त्यसपछि आयोगले त्यस्ता दलले जुन दलसँग मिल्न चाहेको हो, त्यसकै चुनाव चिन्ह पाएको अनुमति दिन्छ। 

‘दुई वा दुई भन्दा बढी दल संयुक्त रुपमा चुनाव लड्न चाहेमा सो बारेको केन्द्रीय समिति निर्णयसहित दलको चुनाव चिन्ह लिने सहमतिमा हस्ताक्षर गरेर बुझाउनुपर्छ,’ शर्माले नेपालखबरसँग भने, ‘दलले रोजेकै चिन्ह दिने आयोगले निर्णय गरिसकेको छ।’

गौतमको नेकपा (एकता राष्ट्रिय  अभियान) र बाबुरामको नेसपाले हँसिया हथौडाबाट चुनाव लड्ने सहमति गरेर आयोगमा त्यसबारे जानकारी गराइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .