ad ad

राजनीति


२०७४ सम्झिँदा नमिठो लाग्छ, स्थानीयको परिणामले चुनाव लड्छौँ : गगन थापा

२०७४ सम्झिँदा नमिठो लाग्छ, स्थानीयको परिणामले चुनाव लड्छौँ : गगन थापा

नेपालखबर
साउन ३१, २०७९ मंगलबार १४:५७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुकै आधारमा आसन्न प्रादेशिक र संघीय निर्वाचनमा प्रतिष्पर्धा गर्न लागिएको बताएका छन्। 

ललितपुरको सानेपामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा उनले जनप्रतिनिधिहरुकै आधारमा आसन्न प्रादेशिक र संघीय निर्वाचनमा प्रतिष्पर्धा गर्न लागिएको बताएका हुन्।  

‘तात्कालिक राजनीतिमा अहिले जोड घटाउबीचमा उभिँदै गर्दा हाम्रो अग्लो व्यक्तित्व कुनै आधार, कारणले निर्माण भएको छ भने त्यो तपाईंहरुले हो। स्थानीय तहमा जितेकाले हो,’ महामन्त्री थापाले भने, ‘त्यसकै आधारमा २०७९ को मंसिर ४ को निर्वाचनमा जाने तयारी गरिरहेका छौँ।’ 

उनले केही दलका नेताहरुले कांग्रेसलाई २०७४ सालको निर्वाचनतिर फर्काउन चाहे पनि कांग्रेसले उनीहरुलाई २०७९ सम्झाउन चाहेको बताए। 

२०७४ लाई सम्झिँदै गर्दा नमिठो लाग्ने र २०७९ को स्थानीय तह निर्वाचन सम्झिँदा खुशी लाग्ने महामन्त्री थापाले बताए। 

‘केही अरु दलका साथीहरु हामीलाई २०७४ तिर फर्काउन चाहनुहुन्छ। हामी उहाँहरुलाई २०७९ सम्झाउन चाहन्छौँ,’ उनले भने, ‘२०७४ लाई सम्झिँदै गर्दा नमिठो लाग्छ। २०७९ को स्थानीय निर्वाचन सम्झिँदै गर्दा खुशी लाग्छ। हाम्रो फूर्ति बढ्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .