ad ad

राजनीति


राष्ट्रियसभा छाडेर प्रतिनिधिसभा लड्छु : वामदेव गौतम

राष्ट्रियसभा छाडेर प्रतिनिधिसभा लड्छु : वामदेव गौतम

तस्बिर : विशाल कार्की/नेपालखबर


नेपालखबर
साउन ३१, २०७९ मंगलबार १४:४७, काठमाडौँ

नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्। 

गौतम हाल राष्ट्रियसभा सदस्य छन्। मंगलबार निर्वाचन आयोग परिसरमा संचारकर्मीसँग कुराकानी गर्दै गौतमले राष्ट्रियसभाबाट राजीनामा दिएर प्रतिनिधिसभामा उठ्ने बताएका हुन्। 

गौतमले नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने निर्णय गरेका छन्। त्यसपछि निर्वाचन आयोगमा बाँकी कानुनी प्रक्रिया बुझ्नका लागि उनी पुगेका हुन्। 

उनले गठबन्धनका सदस्य आफू नभएको बताए। ‘सत्ता गठब्रन्धन भन्दा गठबन्धनको प्रतिनिधित्व गर्नेगरी जानपर्यो, म त्यसरी जाँदिन्। मेरो गठबन्धन माओवादी केन्द्रसँग हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .