NepalKhabar NepalKhabar

राजनीति


चुनावको मुखमा जनप्रतिनिधि काठमाडौं बोलाएर किन पढायो कांग्रेसले?

गगनदेखि काशीराज दाहालसम्मले दिए प्रशिक्षण
चुनावको मुखमा जनप्रतिनिधि काठमाडौं बोलाएर किन पढायो कांग्रेसले?

नेपालखबर
साउन ३१ , काठमाडौँ

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई काठमाडौँमा डाकेर प्रशिक्षण दिइरहेको छ। 

कांग्रेसले पार्टीका तर्फबाट गत वैशाख ३० गते निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुख, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख–उपप्रमुख र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षलाई भेला गरेको हो। 

‘बधाई-शुभकामना तथा अभिमुखीकरण’ कार्यक्रम आयोजना गरेर कांग्रेसले जिल्ला समन्वय समितिका ३४ जना प्रमुख र २३ जना उपप्रमुख, महानगर-उपमहानगर-नगरपालिकाका १ सय ४१ जना प्रमुख र १ सय १० जना उपप्रमुख, गाउँपालिकाका १ सय ८८ जना अध्यक्ष र १ सय ९० जना उपाध्यक्षलाई काठमाडौँ बोलाएको छ। 

उनीहरुलाई बोलाएर कांग्रेसले सोमबारदेखि ललितपुरको सानेपास्थित एक होटलमा स्थानीय सरकारलाई थप सशक्त र जनमुखी बनाउने विषयमा प्रशिक्षण दिइरहेको छ। जनप्रतिनिधिलाई पहिलो दिन काशीराज दाहाल, जगदीश भट्टराई, डा. विद्यानाथ पौडेल र सन्तोषमणि नेपालले प्रशिक्षण दिएका छन्। 

दाहालले ‘संविधान र स्थानीय सरकार : सञ्चालन र व्यवस्थापन’ भट्टराईले ‘राजश्वको अधिकार र वित्तीय व्यवस्थापन’, डा. पौडेलले स्थानीय तहको योजना तर्जुमा र नेपालले ‘प्राकृतिक स्रोत व्यवस्थापन र अन्तरसम्बन्ध’ बारे प्रशिक्षण दिएका हुन्। 

मंगलबार महामन्त्री गगन थापाले ‘नेपाली कांग्रेसको संकल्प पत्र– स्थानीय सरकारको मार्गचित्र, प्राथमिकता र प्रतिज्ञा’ विषयमा प्रशिक्षण दिएका छन्। प्रशिक्षणलाई उनले प्रताप पौडेल र इन्जिनियर दिपेश विष्टले सघाएका छन्। 

मंगलबारको प्रशिक्षण जारी रहेका बेला नेपालखबरले उपलब्ध जनप्रतिनिधिहरूलाई प्रशिक्षणबारे जिज्ञासा राखेको छ। 

जिज्ञासाका क्रममा उनीहरुले अभिमुखीकरण कार्यक्रमले स्थानीय सरकारलाई थप सशक्त र जनमुखी कसरी बनाएर लैजानेबारे प्रशिक्षण भइरहेको जानकारी दिएका छन्। उनीहरुले स्थानीय जनप्रतिनिधिले गर्नुपर्ने काम, कर्तव्य, अधिकारबारे पनि कार्यक्रममा जानकारी गराइएको बताए। 

नुवाकोटको म्यागङ गाउँपालिकाकी उपाध्यक्ष सीता तामाङले नयाँ जनप्रतिनिधिलाई काम गर्ने चुनौती रहेको भन्दै कसरी जनमुखी कामबारे सिकाइएको बताइन्। उनले स्थानीय तहका योजना तर्जुमा र प्राकृतिक स्रोतलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पनि प्रशिक्षण दिएको जानकारी दिइन्। 

‘नयाँ जनप्रतिनिधिलाई काम गर्ने चुनौती छ। प्रशिक्षण कार्यक्रमले ती कामहरु कसरी गर्ने, कसरी जनमुखी कामहरु गर्ने भन्ने बारेमा प्रशिक्षण दिइरहनुभएको छ। जनप्रतिनिधिका काम के हुन्, अधिकार के हो भन्नेबारे प्रशिक्षण दिनुभएको छ,’ उपाध्यक्ष तामाङले भनिन्, ‘योजना तर्जुमा, प्राकृतिक स्रोतलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पनि प्रशिक्षण दिनुभएको छ। प्राकृतिक श्रोतको पहिचान गरेर कसरी फाइदा लिने र पालिकाको विकास गर्ने भन्ने बारेमा पनि छलफल भयो।’

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले प्रशिक्षणमा स्थानीय तहलाई सुशासन, पारदर्शिता र जवाफदेहीता, गतिशीलतामा कसरी चलाउन सकिन्छ भन्ने बारेमा जानकारी गराइएको बताए। उनले चुनौतीहरूलाई सहज रुपमा कसरी अघि बढाउने कुराको क्षमता अभिवृद्धि गर्ने काम भएकोले कार्यक्रम समय सान्दर्भिक र फलदायी रहेको बताए। 

‘स्थानीय तहलाई सुशासन, पारदर्शिता र जवाफदेहीता, गतिशीलतामा कसरी चलाउन सकिन्छ, विभिन्न चुनौतीहरूलाई सहज रुपमा कसरी अघि बढाउने भन्ने बारेमा क्षमता अभिवृद्धि गर्ने काम भएको छ,’ खाँणले भने, ‘यो कार्यक्रम समय सान्दर्भिक र फलदायी छ।’

रुपन्देहीकै सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले अभिमुखीकरण कार्यक्रममा पारदर्शिता, गतिशीलता, अनुशासनका बारेमा स्थानीय निकायलाई सञ्चालन गर्नुपर्ने कुराबारे जानकारी गराइएको बताए। उनले प्रशिक्षणले स्थानीय तहको विकास निर्माणमा र जनतासँग सरोकारका कामका लागि सहज हुने विश्वास व्यक्त गरे।

‘प्रशिक्षणमा पारदर्शिता, गतिशीलता, अनुशासनका बारेमा स्थानीय निकायलाई सञ्चालन गर्नुपर्ने कुरामा प्रशिक्षण भइरहेको छ,’ नगर प्रमुख शर्माले भने, ‘प्रशिक्षणले स्थानीय तहको विकास निर्माणमा र जनतासँग सरोकारका कामका लागि सहज हुनेछ ।’

कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टीबाट स्थानीय तहमा जितेका जनप्रतिनिधिहरुको काम, कर्तव्य, दायित्वको बारेमा प्रशिक्षण दिने काम समय सान्दर्भिक रहेको प्रतिक्रिया दिए। उनले यो प्रशिक्षणले मेयर, उपमेयर र वडा अध्यक्ष, उपाध्यक्षका लागि जनमुखी काम गर्न प्रेरित गर्ने बताए।  

‘पार्टीबाट स्थानीय तहमा जितेका जनप्रतिनिधिहरुको काम, कर्तव्य, दायित्वको बारेमा प्रशिक्षण दिनुका साथै उहाँहरुलाई स्वागत गर्ने, बधाई दिने कार्यक्रम भइरहेको छ,’ यादवले भने, ‘यसले मेयर, उपमेयरहरुको लागि जनमुखी काम गर्नका लागि राम्रो अवसर पुग्नेछ।’

साउन ३१, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.