ad ad

राजनीति


राष्ट्रपतिलाई आक्षेप लगाइएको भन्दै एमालेको आपत्ति

राष्ट्रपतिलाई आक्षेप लगाइएको भन्दै एमालेको आपत्ति

फाइल तस्बिर : विशाल भट्टराई


नेपालखबर
साउन ३१, २०७९ मंगलबार १३:१२, काठमाडौँ

नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिजस्तो संस्थालाई आक्षेप लगाइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आपत्ति जनाएको छ।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै सो दलका प्रमुख सचेतक  विशाल भट्टराईले अध्यादेश र विधेयकलाई उही कोणबाट हेर्ने आफैँमा मिल्ने विषय नभएको बताए। 

राष्ट्रपतिले सङ्घीय संसदले पारित गरेर पठाएको नागरिकता विधेयक पुनः विचारका लागि फिर्ता पठाएपछि विभिन्न टिका टिप्पणी भइरहेकामा उनले गुनासो गरे। एमालेले नागरिकतामा राखिएको केही प्रावधान देशको हित विपरीत रहेको भन्दै त्यसको उचित निरुपण गर्नुपर्नेमा उनले जोड दिए। 

यस्तै सांसद लक्ष्मी परियारले दलित समुदायलाई गलत र अपमानजनक नाम राखेर जारी गरिएको नागरिकता नसच्याइएको भन्दै सदनको ध्यानाकर्षण गराए। 

दैलेखका एक नागरिकले नागरिकता सच्याउनका लागि आवेदन दिएको भए पनि त्यसको सुनुवाइ नभएको र सम्बन्धित अधिकारीले उल्टै अपमान गरेकामा उनले आपत्ति प्रकट गरे। 

सांसद कमला रोक्काले केही दिन पहिले पूर्वी रुकुममा भएको सडक दुर्घटनाप्रति सदनलाई जानकारी गराउँदै सडक सुधारमा ध्यान दिन नसकेकोमा सरकारको ध्यानकर्षण गराए। 

स्थानीय सहिदमार्गको सुधारमा कुनै ध्यान नदिइएको, सञ्चार सुविधा उपलब्ध गराउन चासो नराखेको तथा विद्युत् सेवा उपलब्ध गराउन कुनै पनि पहल नभएको भन्दै तत्काल ती समस्या समाधानका लागि उनले आग्रह गरे। रासस

याे पनि : ​राष्ट्रपतिविरुद्ध मधेस प्रदेशका मुख्य न्यायाधिवक्ताको आक्रोश

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .