ad ad

राजनीति


बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी

बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी

फाइल तस्बिर


नेपालखबर
साउन ३१, २०७९ मंगलबार ११:३९, काठमाडौँ

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ। 

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि गठबन्धनको बैठकमा सहभागी हुन प्रचण्ड पुगेका हुन्। 

सत्ता गठबन्धनको सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठकले संयोजकको जिम्मेवारी कृष्णप्रसाद सिटौलालाई दिएको छ। कार्यदलले दिएको सुझावको आधारमा निर्णय लिने नेताहरुले बताएका छन्। 

आजै निर्वाचन आयोगमा दल दर्ताका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरु जाँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .