ad ad

राजनीति


तरुण दलका अध्यक्ष गुरुङले भेटे कांग्रेस नेता कोइराला

तरुण दलका अध्यक्ष गुरुङले भेटे कांग्रेस नेता कोइराला

डा. शेखर कोइरालासँग भेट गर्दै नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ


नेपालखबर
साउन ३१, २०७९ मंगलबार ११:२८, काठमाडौँ

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेता डा. शेखर कोइरालासँग भेट गरेका छन्। 

तरुण दलको केन्द्रीय कार्यसमिति विस्तारबारे छलफल गर्न उनले मंगलबार नेता कोइरालासँग भेट गरेका हुन्। 

कार्यसमिति विस्तारका लागि मातृ पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता र छलफल गरिरहेका अध्यक्ष गुरुङले कोइरालासँगको भेटमा गहन छलफल भएको प्रतिक्रिया दिएका छन्। 

उनले नेता कोइरालाबाट संगठन बलियो बनाउन आफ्नो सहयोग सधैं रहने आश्वासन पाएको जानकारी पनि दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .