NepalKhabar NepalKhabar

राजनीति


सिट बाँडफाट गर्न बनेको सत्तारुढ कार्यदलको बैठक बस्दै

सिट बाँडफाट गर्न बनेको सत्तारुढ कार्यदलको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
साउन ३० , काठमाडौँ

सिट बाँडफाँटका गर्न सत्तारुढ पाँच दलीय गठबन्धनले बनाएको कार्यदलको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको कार्यदलका सदस्य हिमलाल पुरीले जानकारी दिए। 

यसअघि गत बिहीबार बसेको कार्यदलको बैठकले सिट बाँडफाँटको मापदण्डबारे छलफल गरेको थियो। यद्यपी बैठक निष्कर्षमा नपुगेको नेताहरुले बताएका थिए। 

आजको बैठकमा पनि यसअघि उठेका विषयलाई लिएर बाँडफाँटका विषयमा छलफल हुने पुरीले बताए। यद्यपी सहमति भएर निष्कर्षमै पुग्न भने केही समय लाग्ने उनको भनाई छ। 

यसअघि बसेको बैठकपछि नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले भागवण्डाको मोडालिटीबारे सहमतिनजिक पुगेको प्रतिक्रिया दिएका थिए। 

गत साउन २४ गते बसेको पहिलो बैठकले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कार्यदल संयोजक तोकेको थियो। 

कार्यदलमा कांग्रेसबाट ३, माओवादी केन्द्रबाट २, नेकपा एकीकृत समाजवादीबाट २, जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य छन्।

साउन ३०, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.