नेपाली कांग्रेसमा इतर समूहको नेतृत्व गर्दै आएका डा. शेखर कोइरालाको अनुपस्थितिमा दोस्रो तहका नेताहरुले छलफल गरेका छन्।
कांग्रेस नुवाकोटका पूर्व सभापति जगदीश्वरनरसिंह केसीको संयोजनमा शनिबार दोस्रो तहका नेताहरु छलफलमा जुटेका हुन्।
काठमाडौंको बत्तिसपुतलीमा सम्पन्न भेलामा उनीहरुले पार्टीमा न्यायोचित व्यवहार नभएको गुनासो गरेका छन्।
भेलामा केन्द्रीय सदस्य प्रतिमा गौतम, मधु आचार्यसँगै नेताहरु गुरुराज घिमिरे, मनोजमणि आचार्य, केशव सिंह, रञ्जित कर्ण, डिल्लीराम सुवेदी लगायत उपस्थित थिए।
भेलामा सहभागी नेताहरुले नेतृत्व एकलौटी ढंगबाट अघि बढेको भन्दै अब भागवण्डा खोज्नुपर्ने अवस्था आएको बताएका छन्।
साउन २८, २०७९, शनिबार
531
Shares
प्रतिक्रिया