NepalKhabar NepalKhabar

राजनीति


राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती भेला, सामुदायिक विद्यालयको गुणस्तर निजीसरह बनाउँछौँ- लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती भेला, सामुदायिक विद्यालयको गुणस्तर निजीसरह बनाउँछौँ- लामिछाने

नेपालखबर
साउन २७ , काठमाडौँ

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बागमती प्रदेशस्तरीय भेला गरेको छ। 

संगठन निर्माण गर्न देश दौडाहामा रहेका लामिछानेले शुक्रबार बागमती प्रदेशस्तरीय भेला हेटौँडामा आयोजना गरेका हुन्।

भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले नेपालमा सञ्चालित उद्योगधन्दा, कलकारखाना बन्द गराउने दलगत संयन्त्रको हिसाबकिताब गर्ने चेतावनी दिए।

उनले भने, ‘जब सिमेन्टको माग बढ्छ, जनताको लगानीले चलेको हेटौँडा सिमेन्ट कारखानाको मेसिनहरुको नट बिग्रिन्छन्, र निजी लगानीकर्ताले सिमेन्ट बेचेरै बोनस बाँड्छ। सुन्दा सामान्य लाग्छ तर रहस्य छ, अब सबै हिसाब हुनेछ।’ 

उनले धनीका छोराछोरीले पढ्ने निजी विद्यालय सरह सामुदायिक विद्यालयको गुणस्तर बनाउने दाबी पनि गरे।

भेलाले बागमती प्रदेश समिति, बागमती प्रदेशमा रहेका विभिन्न जिल्ला र पालिका समितिहरु गठन गर्ने रास्वपाले जनाएको छ। 

अहिलेसम्म रास्वपाले गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आफ्नो समिति विस्तार गरिसकेको छ भने ५० हजार भन्दा धेरै साधारण सदस्य अहिले नै आवद्ध भइसकेको रास्वपाका केन्द्रीय सदस्य डिपी अर्यालले बताए।

साउन २७, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.