युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवाहरुको काँधमा जिम्मेवारी भएको कारणले अघिल्लो नेतृत्वलाई गाली गर्न नहुने बताएका छन्।
देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यक रहेको बताउँदै उनले मुलुकलाई समृद्ध बाउने अभिभारा युवामा भएको बताए।
शुक्रबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्को कार्यक्रममा बोल्दै मन्त्री गहतराजले देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरुको काँधमा आएको बताएका हुन्। उनले अहिलेका युवाले राजनीतिक परिवर्तनको आन्दोलनको लागि रगत बगाउनु पर्ने अवस्था नभएको बताए। मन्त्री गहत राजले अब युवाहरुको जिम्मेवारी र दायित्व देशको विकास गरेर समृद्धिको बनाउनु भएको बताए।
‘युवाहरुले देशलाई सुखी र समृद्धि विकासको गतितिर दिशा दिने नयाँ अभिभारा युवाहरुको काँधमा छ। युवाहरुले अब राजनीतिक परिर्वतनको आन्दोलनका लागि पसिना र रगत बगाउनुपर्ने ठाउँमा छैनौं,’ उनले भने, ‘अब युवाहरुको जिम्मेवारी र दायित्व भनेको देशको विकास समृद्धिको बनाउने नयाँ युवा पुस्ताको अगाडि रहेको छ। असल नियतका साथ देशलाई विश्वसामु समृद्ध राष्ट्रको रुपमा अगाडि बढाउनु पर्ने दायित्व हाम्रो अगाडि छ।’
उनले अघिल्लो नेतृत्वले स्थापित गरेको प्रणालीलाई गर्व गर्दै युवाहरुले समृद्धिको चरण पार गर्नुपर्ने बताए।
प्रतिक्रिया