ad ad

राजनीति


प्रचण्ड भदौमा चीन भ्रमणमा जाने

प्रचण्ड भदौमा चीन भ्रमणमा जाने

नेपालखबर
साउन २४, २०७९ मंगलबार १७:४७, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चीन भ्रमणमा जाने भएका छन्।  

स्रोतका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा प्रचण्ड भदौ महिनाभित्र चीन जान लागेका हुन्। 

दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका राजनीतिक पार्टीहरुको सम्मेलनमा भाग लिन प्रचण्ड चीन जान लागेका हुन्। सम्मेलन भदौ अन्तिम साताका लागि तय भएको छ। 

‘अध्यक्ष भदौमा चीन जाँदै हुनुहुन्छ। यसबारेमा विस्तृत केही दिनमा थाहा हुन्छ’ माओवादी केन्द्रका विदेश विभागका एक सदस्यले नेपालखबरसँग भने। 

एक महिनाअघि नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले प्रचण्डसँग भेट्दा चीन भ्रमणको निम्तो दिएका थिए।

नेता लिउले दुई देशका कम्युनिस्ट पार्टीबीचको भ्रमण आदान–प्रदानमा जोड दिएका थिए। यद्यपी चिनियाँ कम्युनिस्ट पार्टीले प्रचण्डलाई लिउ आउनु अघि नै छुट्टै निमन्त्रणा पनि दिएको स्रोतको भनाइ छ। 

यसअघि साउन पहिलो साता भारत भ्रमणमा निस्कने क्रममा प्रचण्डले आफू चाँडै चीन भ्रमणमा जान लागेको बताएका थिए। प्रचण्डले छिमेकी भारत र चीनसँगको सम्बन्ध सन्तुलनमा जोड दिँदै आएका छन्।

उनले चीन, नेपाल र भारतबीच आर्थिक विकासका मुद्दामा त्रिदेशीय साझेदारी हुनुपर्ने धारणा राख्दै आएका छन्। चीन उनको अवधारणामा सकारात्मक रहेपनि भारतले त्यसमा असहमति देखाउँदै आएको छ। 

हाल जापानको भ्रमणमा रहेका प्रचण्ड विहीबार स्वदेश फर्कँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .