ad ad

राजनीति


प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनाल

प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनाल

नेपालखबर
साउन २४, २०७९ मंगलबार ८:४६, काठमाडौँ

नेपालको चियालाइ भारतले थप ४० प्रतिशत कर लगाएको विषयमा ध्यानाकर्षण गराउन पूर्वप्रधानमन्त्री झलनाथ खनालले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन्। 

भारतले नेपालको चियामा थप कर लगाउँदा स्वदेशी चिया व्यवसायीलाई परिरहेको मर्काबारे पूर्वप्रधानमन्त्री खनालले प्रधानमन्त्री देउवालाई अहिले बिहान साढे ९ बजे भेटेर कुरा राख्ने भएका हुन्। 

भेटमा समसामयिक राष्ट्रिय राजनीति, अर्थतन्त्र र विदेश नीति, आगामी निर्वाचन र गठबन्धनलगायतको विषयमा पनि कुराकानी हुने बताइएको छ। 

प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्न नेकपा एकीकृत समाजवादीका सम्मानित नेता आज बिहान प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा पुग्ने कार्यक्रम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .