ad ad

राजनीति


गठबन्धनमा लोसपालाई सहभागी गराउने तयारी

गठबन्धनमा लोसपालाई सहभागी गराउने तयारी

नेपालखबर
साउन २३, २०७९ सोमबार १८:२३, काठमाडौँ

नेपाली कांग्रेससहितको गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई  सहभागी गराउने तयारी भइरहेको छ। 

सिट बाँडफाँटका लागि बनेको कार्यदलका सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले त्यसको पुष्टि गरेका हुन्। 

उनले लोसपालाई गठबन्धनमा सहभागी गराउन शीर्ष नेताहरुबीच छलफल भइरहेको जानकारी दिए। 

‘लोसपा गठबन्धनमा आउँछ। दलका शीर्ष तहमा योबारे छलफल भैरहेको छ’ सञ्चारमन्त्री कार्कीले भने।

शुक्रबार (२० साउन) बसेको गठबन्धनको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच दलबीच गठबन्धन गरेर जाने निर्णय गरेको थियो।

सो निर्णयले गठबन्धनमा आउन खोजेको लोसपालाई सहभागी गराउने च्याप्टर क्लोज भएको नेताहरुले बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .