ad ad

राजनीति


भदौ १ देखि ४० माइक्रोन भन्दा कम मोटाइका प्लास्टिक प्रतिबन्ध

भदौ १ देखि ४० माइक्रोन भन्दा कम मोटाइका प्लास्टिक प्रतिबन्ध

नेपालखबर
साउन २३, २०७९ सोमबार १७:१८, काठमाडौँ

वन तथा वातावरणमन्त्री प्रदीप यदवले नेपाललाई प्लास्टिक प्रदूषणमुक्त बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्।

दक्षिण एसिया देशहरुमा रहेका नदी तथा समून्द्रलाई प्लास्टिक प्रदूषणमुक्त बनाउन दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (सासोप) ले आज आयोजना गरेको कार्यशालामा बोल्दै मन्त्री यादवले नेपाललाई प्लास्टिकजन्य फोहर र प्रदूषण नियन्त्रण गर्न आफू लागि परेको बताए।

मन्त्री नियुक्त भए पश्चात छोटो समयमै धेरै कामहरुको सुरुवात गरेको दावी गर्दै उनले ४० माइक्रोन भन्दा कम मोटाइको प्लास्टिकको प्रतिबन्धलाई कडाईका साथ कार्यान्वयन गर्न आफूले निर्देशन दिएको जानकारी गराए।

मन्त्रालयले केही दिनअघि एउटा सूचना जारी गर्दै ४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक प्रतिबन्धलाई कडाईका साथ लागू गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएकाे थियाे।

यसैगरी वीरगञ्जस्थित सिर्सिया नदीमा भइरहेको औद्योगिक र मानवीय प्रदूषणलाई नियन्त्रण गर्नका लागि मन्त्रालय तथा मातहतका निकायबाट महत्वपूर्ण कामहरु भइरहेको उनले बताए। 

मन्त्रालयका सचिव डा. पेम नारायण कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा सासोपका महानिर्देशक एमडी मसुमुर रहमान, विश्व वैंकका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .