राजनीति


निर्वाचन तयारीका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय नेता खटाउने

निर्वाचन तयारीका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय नेता खटाउने

नेपालखबर
साउन २३ , काठमाडौँ

नेपाली कांग्रेसले आसन्न निर्वाचनको तयारीका लागि देशभर पार्टीका नेताहरु खटाउने भएको छ।

आगामी मंसिर ४ गते हुने भनिएको प्रादेशिक र संघीय निर्वाचनका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय तहका नेताहरु खटाउने भएको हो। 

महामन्त्री गगन थापाले निर्वाचन केन्द्रित अभियानका लागि सबै केन्द्रीय सदस्यहरुलाई जिल्ला–जिल्ला खटाइने जानकारी दिए। उनका अनुसार कांग्रेसले भदौ २ गतेबाट २४ गतेसम्म केन्द्रीय सदस्यहरु जिल्लाहरुमा खटाउने भएको हो। 

‘भाद्रको २ गतेबाट २४ गतेसम्म नेपाली कांग्रेसका सबै केन्द्रीय सदस्य साथीहरुलाई हामी जिल्ला जिल्ला पठाउँदै छौँ चुनाव केन्द्रित अभियानका क्रममा,’२८ औँ विश्व आदिवासी दिवसको अवसरमा सोमबार काठमाडौँमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रममा थापाले भने। 

उनले निर्वाचनकै तयारीका लागि पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई पनि काठमाडौँ बोलाइने जानकारी दिए।

‘हामीले ३० र ३१ गते श्रावणमा देशभरका स्थानीय सरकारका साथीहरुलाई यहाँ बोलाउँदै छौँ।’

साउन २३, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.