ad ad

राजनीति


मन्त्री छाडे पनि रामकुमारीले छाडिनन् मन्त्रालयको चासो

चुनावमा कसैलाई जिताउन बसालेको थिति उल्टाउन हुन्नँ : झांक्री
मन्त्री छाडे पनि रामकुमारीले छाडिनन् मन्त्रालयको चासो

नेपालखबर
साउन २३, २०७९ सोमबार १२:५८, काठमाडौँ

नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झांक्रीले गत १६ असारमा रुँदै सिंहदरबाट मन्त्रालय छाडिन्। सहरी विकास मन्त्रालय छाडेपनि झांक्रीले मन्त्रालयसँग सम्बन्धित चासो भने छाडेकी छैनन्। 

सोमबार बिहानै राजधानीमा केही पत्रकारहरु भेला गरेर झांक्रीले सहरी विकास मन्त्रालयबारे गहन रिपोर्टिङ गर्न निर्देशन समेत दिएकी छिन्।

पूर्व सहरी विकासमन्त्री रामकुमारी झांक्रीले आफ्ना ‘रिफर्म’का काम उल्टाउन सुरु गरेको बताएकी छिन्। पूर्वमन्त्री झाँक्रीले मन्त्रालय छाडेसंगै आफ्ना निर्णय उल्टन लागेको बताइन्। 

सहरी विकास मन्त्रालय मेटमणी चौधरीले सम्हालेसंगै रामकुमारी झांक्रीका निर्णय उल्टाउन थालेका थिए। मन्त्री चौधरीले विकासनिर्माणका काम उपभोक्ता समितिमार्फत गर्न नपाउने निर्णय गरेकी थिइन्। 

‘उपभोक्ता समिति मार्फत काम गर्न नपाइने निर्णय गराउन कस्तो गाह्रो थियो। अर्थमन्त्रालयको नेतृत्वलाई सहमत गराएर निर्णय गरिएको थियो,’ झांक्रीले भनिन्। 

सहरी विकास मन्त्रालयमा एकिकृत समाजवादीले नै नेतृत्व गरेपनि आफ्नै पार्टीका निर्णय उल्टाउन थालेको छ। 

‘मैले मन्त्रालयको नेतृत्व लिनेसम्मको जिम्मा म लिन्छु त्यसपछि अरुको जिम्मा लिन सक्दिन,’ पत्रकारहरुसंगको एक कार्यक्रममा भनिन्। 

झांक्रीले आफ्नो नेतृत्वमा सहरी नीति, युटिलिटी करिडोर, सिंहदरबारको मास्टरप्लान लगायत ठुला नीतिगत कुरा अघि बढाएको बताइन्। उनले ९९ प्रतिशत काम सकेरपनि प्रमाणीकरण गर्न नपाएको बताइन्। 

त्यस्तै एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटमा निर्वाचन लड्ने तयारीको लागि मन्त्रालयका योजना विनाको कार्यक्रम सिलन्यास गरेकोमा पनि असन्तुष्टी जनाएकी छन्। 

‘आफुले बसाएको थिती कसैले चुनाव जित्नका लागि उल्टाउँछ भने चित्त दुख्छ। दुःख गरेर बसाएको थिती बिगार्दा देशलाई फाइदा पुग्दैन,’ उनी भन्छिन्। 

टाउन हल, विवाहको भवन, सबगढा, टिकुलिया र सिर्सियामा निर्माण हुने सडक लगायत करिब ४२ करोडका आयोजना शिलान्यास गरेका थिए। 

झांक्रीले स्रोत सुनिश्चितता र ठेक्का नलागेका आयोजना शिलान्यास गरेको भन्दै सार्वजनिक असन्तुष्टी जनाएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .