ad ad

राजनीति


पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

नेपालखबर
साउन २३, २०७९ सोमबार ६:५७, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन्।

मन्त्री श्रेष्ठले बिमानस्थलको संरचना तथा सुधारका लागि भएका प्रयासका बारेमा जानकारी लिंदै यात्रुहरुलाई सहज हुने गरि व्यवस्थापन चुस्तदुरुस्त राख्न निर्देशन दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई अन्तर्राष्ट्रिय जगतमा जोड्ने प्रमुख विमानस्थल रहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले सेवा प्रवाह चुस्त दुरुस्त बनाउन व्यवस्थापनलाई निर्देशन दिए। उनले विमानस्थलको आगमन र प्रस्थान स्थलका साथै रनवे क्षेत्रको पनि निरीक्षण गरेका थिए।

सो अवसरमा उनले विमानस्थलको समग्र सुधार र व्यवस्थापन आफ्नो प्राथमिकतामा रहेको बताउँदै ७३ बुंदे कार्ययोजनामा समेत  विमानस्थलको क्षमता विस्तार र आधुनिकीकरणको कामलाई समेटिएको बताए।

पछिल्लो समय धावनमार्ग निर्माण, पार्किङ स्थल, प्रस्थान तथा आगमन हल निर्माणले सेवा प्रवाहमा सुधार भएको छ। विमानस्थलका अधिकारीहरुले कोरोना महामारीपछि विमानस्थल पुरानै लयमा फर्कन थालेको जानकारी दिएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल २७ वटा मुलुकमा सिधा उडान भइरहेको छ भने २६ विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्।

आन्तरिक उडानतर्फ ११ वटा कम्पनीले सेवा दिइरहेका छन्।

अन्तर्राष्ट्रिय विमानस्थल चौविसै घण्टा तथा आन्तरिक उडान दैनिक १८ घण्टा संचालनमा रहेको छ।

विमानस्थलभित्रका पूर्वाधार निर्माण र  यात्रुहरुलाई दिनुपर्ने सेवामा ढिलासुस्ती नगर्न र सुधारको अनुभुति हुने गरी काम गर्न मन्त्री श्रेष्ठले निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .