ad ad

राजनीति


विदेशका नेपालीलाई मतदानको व्यवस्था मिलाउन पौडेलको माग

विदेशका नेपालीलाई मतदानको व्यवस्था मिलाउन पौडेलको माग

नेपालखबर
साउन २२, २०७९ आइतबार २१:९, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले आगामी निर्वाचनमा विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था गर्न माग गरेकी छन्।

आइतबार प्रतिनिधि सभामा आफ्ना धारणा राख्दै पौडेलले प्रवासी नेपालीले संसदीय निर्वाचनमा मतदान गर्न पाउने अधिकारलाई कुण्ठित नगर्न सरकारसँग आग्रह गरिन्।

उनले सर्वोच्च अदालतले समेत विदेशका नेपालीलाई मतदानको व्यवस्था मिलाउन आदेश दिएको स्मरण गराइन्।

‘प्रवासी नेपालीहरुलाई मतदानको अधिकार दिने विषयलाई लिएर धेरै अगाडिदेखि छलफल चल्दै आएको छ। यहाँसम्मकी सर्वोच्च अदालतले पनि निर्देशन गरिसकेको अवस्था छ’ उनले भनिन्, ‘सर्वोच्च अदालतले गरेको निर्देशन पनि वर्षौं भइसकेको अवस्था छ। यतिमात्र नभएर निर्वाचन आयोगले पनि चुनावको घोषणा गर्नु अगावै आफ्नो मस्यौदामा प्रवासी नेपालीहरुलाई मतदानको व्यवस्था गरिनुपर्ने उल्लेख गरेको छ। तर अहिले आम निर्वाचनको घोषणा भैसक्दा पनि त्यसको कुनै पनि व्यवस्था गरिएको देखिँदैन।’

उनले राष्ट्रिय जनमोर्चाले लामो समयदेखि यो विषय उठान गरेको पनि स्मरण गराइन्।

साथै, अब मंसिर ४ गते हुने निर्वाचनमा पनि लाखौँ नेपाली मतदानको अधिकारबाट बञ्चित हुने आशंका व्यक्त गर्दै सरकारलाई गम्भीर बन्न आग्रह गरिन्

पौडेलले भनिन्, ‘अहिलेसम्म यो अवस्था हेर्दाखेरि लाखौं प्रवासी नेपालीहरूको मतदानको अधिकार कुण्ठित भएको देखिन्छ। त्यसैले यो विषयमा सरकार गम्भीर हुन आवश्यक देखिन्छ। यस विषयमा राष्ट्रिय जनमोर्चाले विगत लामो समयदेखि नै प्रवासी नेपालीहरूको हकमा र उनीहरूको मतदानको अधिकारलाई सुनिश्चित गर्न बारम्बार सरकारसमक्ष माग राखेको  साथै  सरकारलाई ज्ञापन पत्र पनि  बुझाइ राखेको छ। लगातार कार्यक्रम गर्दै आइरहेको छ।’

पौडेलले विदेशका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सरकारले ठोस कार्ययोजना बनाउनुपर्ने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .