ad ad

राजनीति


‘कांग्रेस र एमाले जसले जिते पनि आफैंले जिते जस्तो लाग्छ’

‘कांग्रेस र एमाले जसले जिते पनि आफैंले जिते जस्तो लाग्छ’

जापानको टोकियोमा आयोजित अन्तरक्रियाका क्रममा प्रचण्ड। तस्बिर : प्रचण्डको सचिवालय


नेपालखबर
साउन २२, २०७९ आइतबार १९:१६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला पाँच दिन लामो जापान भ्रमणमा छन्। 

प्रवासी नेपालीहरुको निमन्त्रणामा उनी जापानका विभिन्न सहरको भ्रमणमा अहिले व्यस्त छन्।

उनी आइतवार जापानको टोकियोस्थित प्रवासी नेपालीहरुको एउटा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न पुगेका थिए।

उनले त्यसक्रममा आफूले यहाँको बुलेट ट्रेन चढेर विकासको गति महसुस गर्न पाएको पनि नेपालीहरुमाझ सुनाए।

'समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार' विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनका क्रममा उनले स्थानीय निर्वाचन भइसकेको बताउँदै अबको निर्वाचनले देशलाई स्थिरतातिर लाने दाबी गरे।

उनले उक्त सम्बोधनका क्रममा आफ्नै नेतृत्वमा देशमा संघीयता र गणतन्त्र आएको पनि दाबी गरेका छन्। 

'मेरै नेतृत्वमा देशमा गणतन्त्र र संघीयता आएको हो', उनले भने, 'हाम्रो रगत पसिनाले आएको उपलब्धीलाई जोगाएर, बचाएर लैजानुछ। त्यसका लागि अब स्थिरता र समृद्धिको बाटोमा छौँ।'

दाहाले संघीयता र गणतन्त्र आफ्नै नेतृत्वमा आएकाले चुनावमा कांग्रेस र एमाले जसले जिते पनि फरक नपर्ने बताए। 

'कांग्रेस र एमाले जसले बढी सिट ल्याए पनि मैले नै, हामीले नै जिते जस्तो लाग्छ', दाहालले भने, 'मेरो नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएकाले शान्ति सम्झौताले जिते जस्तो लाग्छ। अरु दलले जिते पनि माओवादी आान्दोलनले जिते जस्तो लाग्छ।'

उनले नाम उल्लेख गरेका कांग्रेस र एमाले पहिलो र दोस्रो दलको दौडमा छन्। स्थानीय निर्वाचनमा कांग्रेस पहिलो र एमाले दोस्रो भएका थिए। माओवादी तेस्रो भएको थियो।

दाहालले यसअघि पनि माओवादी यही निर्वाचनमा पहिलो दल हुन नसक्ने बताउँदै समग्रमा दोस्रो दलको दौडमा आफूहरु रहेको बताएका थिए।

उनले कम्युनिष्टतर्फ एमालेलाई उछिन्दै आफूहरु पहिलो दल हुन सक्ने पनि उल्लेख गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .