राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वपरराष्ट्रमन्त्रीहरुसँग मुलुकको परराष्ट्र सम्बन्ध र कूटनीति सञ्चालनबारे परामर्श गरिरहेकी छन्।
पूर्वपरराष्ट्रमन्त्रीहरु रमेश नाथ पाण्डे, प्रदीप ज्ञवाली, रामशरण महत, प्रकाशचन्द्र लोहनी लगायत बैठकमा सहभागी छन्।
राष्ट्रपति भवन शितल निवासमा जारी बैठकमा राष्ट्रपतिले देशको पछिल्लो कूटनीति सञ्चालन र बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिबारे पूर्वपरराष्ट्रमन्त्रीको धारणा सुन्न लागेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
बैठक आइतबार दिउँसो ३ बजेदेखि शुरु भएको हो।
साउन २२, २०७९, आइतबार
447
Shares
प्रतिक्रिया