ad ad

राजनीति


संविधान रक्षाका लागि तालमेल आवश्यक : शशांक कोइराला

संविधान रक्षाका लागि तालमेल आवश्यक : शशांक कोइराला

फाइल तस्बिर : शशांक कोइराला


नेपालखबर
साउन २१, २०७९ शनिबार ११:४९, चितवन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले संविधान रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल आवश्यक भएको बताएका छन्। 

सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उनले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधान रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताएका हुन्। 

उनले भने, ‘सरकार पनि गठबन्धनको छ। गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ।’ 

तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एक सय सिट पाउनुपर्ने उनको दाबी छ। तालमलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उनले थपे, ‘एमालेसँग प्रतिस्पर्धा गर्नका लागि एक हुनुपर्यो।’ 

अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोहीसँग सहकार्य गरेर मात्रै निर्वाचनमा आउने उनको भनाइ थियो।

संविधान र ओलीको प्रतिगमनविरुद्ध एक भएका दलहरू एक ठाउँमा भएर निर्वाचनमा जाँदा राम्रो हुने कोइरालाले बताए। 

यसैबीच नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी निर्वाचनमा काङ्ग्रेसका उम्मेदवारहरूलाई कसरी बलियो बनाउने भन्ने विषयमा सोच्ने समय आएको बताए। 

उनले भने, ‘टिकट वितरणदेखि उम्मेदवारलाई विजयी गाउनेसम्मको रोडम्याप अहिलेदेखि नै बनाउनुपर्छ।’ 

देशलाई स्थिर सरकार दिन पनि पदाधिकारी जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो।

फरक प्रसंगमा बोल्दै पौडेलले भ्रातृ संस्थाहरूले साउन महिनाभित्रै पूर्णता पाउने बताए। तत्काल आम निर्वाचनको मिति तोकिएकाले सबै निर्वाचन केन्द्रित हुने भन्दै उनले निर्वाचनपछि भ्रातृ संस्थाहरुको अधिवेशन हुने बताए। 

उनले भने, ‘भ्रातृ संस्थाहरूले पूर्णता पाउँछ। अनि निर्वाचनमा जान्छन्। भ्रातृ संस्थाको अधिवेशन निर्वाचन पछि मात्रै होला।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .