ad ad

राजनीति


नागरिकता विधेयक र संघीयता खारेजीको माग गर्दै अखिल (छैठौं) काे मसाल जुलुश

नागरिकता विधेयक र संघीयता खारेजीको माग गर्दै अखिल (छैठौं) काे मसाल जुलुश

नेपालखबर
साउन २०, २०७९ शुक्रबार २१:१, काठमाडौँ

अखिल (छैठौं) ले नागरिकता विधेयक र संघीयता खारेजीको माग गर्दै देशका विभिन्न स्थानमा मसाल जुलुश प्रदर्शन गरेको छ। 

अखिल (छैठौं) ले संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक र प्रदेश संरचना खारेजी, महँगी, भ्रष्टाचार, एमसीसी, एसपीपी लगायतको विरोधमा शुक्रबार साँझ मसाल जुलुश प्रदर्शन गरेको हो ।

विद्यार्थीहरुले झापा, बारा, काठमाडाैं, अर्घाखाँची, पोखरा, बुटवल, अत्तरिया, प्युठान, सुर्खेतलगायतका स्थानमा मसाल जुलुश निकालेका हुन्।

त्यसक्रममा उनीहरुले  ‘नागरिकता विधेयक खारेज गर, संघीयता खारेज गर, एमसीसी चाहिँदैन, महंगी भ्रष्टाचार नियन्त्रण गर’ लगायतका चर्का नारा लगाएका थिए।

विवादित नागरिकता विधेयक संसदको दुवै सदनबाट पारित भइ हाल राष्ट्रपति कार्यालयमा विचाराधीन छ। विधेयकले विदेशीलाई नेपालको नागरिकता प्रदान गर्न खुकुलो बनाएको भन्दै विरोध भइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .