नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन्।
शुक्रवार ललितपुरमा 'स्नेहलता जीवन कथाका पानाहरू' जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्न सजिलो नभएको उल्लेख गरे।
अध्यक्ष नेपालले अझै पनि राजनीति सजिलो रुपमा गर्न सम्भव नभएको दोहोर्याए। उनले राजनीतिमा धेरै चुनौतीको सामना गर्नुपर्ने बताए।
अध्यक्ष नेपालले जनताको सेवा गर्ने, समाज परिर्वतन गर्ने र देशको गरिमालाई माथि उठाउने पुराना योद्धाहरुको आचरणअनुरुप राजनीतिक उद्धेश्य राख्नुपर्ने बताए।
‘पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो थियो। राजनीति गर्ने कुरा सजिलो हुँदैन। अहिलेसम्म पनि देखिन्छ। राजनीति सजिलो यात्रा होइन। सजिलो गरी सम्भव छैन। राजनीतिमा धेरै चिजहरूको चुनौती सामान गर्नुपर्छ', उनले भने, 'तर सबैभन्दा ठूलो कुरा के हो भने राजनीतिको उद्देश्य जनताको सेवा गर्ने हो, समाज परिवर्तन गर्ने र देशको गरिमालाई माथि उठाउने हो भने त्यहीअनुसारको आचरण हुनुपर्छ।'
उनले पुराना योद्धाहरूबाट हामीले प्रेरणा लिन, सम्मान गर्न र योगदानको प्रशंशा गर्न सकेमा इतिहासको कदर गरेको ठहरिने बताए।
Shares
प्रतिक्रिया