ad ad

राजनीति


अमेरिकाको नाम नलिई प्रचण्डले भने : चीनको एकतामा बाधा हुने गतिविधिको विरोध गर्छौँ

अमेरिकाको नाम नलिई प्रचण्डले भने : चीनको एकतामा बाधा हुने गतिविधिको विरोध गर्छौँ

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०७९ शुक्रबार १७:३५, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनको एकतामा बाधा हुने जुनसुकै गतिविधिको पार्टीले विरोध गर्ने बताएका छन्। 

शुक्रबार जापानतर्फको यात्रा निस्किनुअघि प्रचण्डले एकजना स्वकीय सचिव रमेश मल्लमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन्। 

दुई दिनअघि अमेरिकी सभामुख न्यान्सी पेलोसी चीनले दाबी गर्दै आएको ताइवान टापुमा पुगेपछि प्रचण्डले शुक्रबार आफ्नो भनाइ सार्वजनिक गरेका हुन्। 

उनले अमेरिकाको नाम नलिइ ताइवानमा भएको पछिल्लो घटनाक्रममा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। 

'ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ', उनले स्वकीय सचिव मल्लमार्फत भनेका छन्, 'हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नीतिप्रति प्रष्ट छ।'

प्रचण्डले चीनको राष्ट्रिय एकताप्रति वाधा हुने कुनै पनि गतिविधिमा विरोध रहने पनि उल्लेख गरेका छन्। 'चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ', उनले भनेका छन्। 

पेलोसीको ताइवान भ्रमणलाई लिएर यसअघि नेपाल मजदुर किसान पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितले कडा शब्दमा भर्त्सना गर्दै विज्ञप्ति निकालेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .