ad ad

राजनीति


चुनावसम्मै गठबन्धन कायम राखेर अघि बढ्ने घोषणा गर्दै सत्तारूढ पाँच दल

चुनावसम्मै गठबन्धन कायम राखेर अघि बढ्ने घोषणा गर्दै सत्तारूढ पाँच दल

नेपालखबर
साउन २०, २०७९ शुक्रबार ८:३८, काठमाडौँ

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साढे ९ बजेका लागि सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ। मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा भएसँगै सत्तारुढ गठबन्धनका नेताहरू पहिलोपटक बैठक बस्न लागेका हुन्। 

बालुवाटार निकट स्रोतका अनुसार आजको बैठकमा निर्वाचनमा पाँच दलीय गठबन्धन कायम राख्ने निर्णय गर्ने तयारी छ।

‘आगामी आम निर्वाचनमा गठबन्धनमा आवद्ध सबै दलहरु मिलेर जाने भन्नेबारे निर्णय हुन्छ,’ स्रोतले भन्यो, ‘पाँच दलका शीर्ष नेताहरुको हस्ताक्षरसहित एकता कायम राख्ने घोषणा गर्ने तयारी छ।’

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरका लागि निर्वाचनको मिति घोषणा गरिसकेको छ।

तर सिट बाँडफाँटको विषय भने अहिले नै नटुंगिने एक नेताले जानकारी दिए। ‘समिति बनाएर अघि बढ्ने भन्ने छ,’ ती नेताले भने, ‘प्रारम्भिक चरणको कुराकानी भएपनि आजै यो विषय टुंगोमा पुग्दैन।’

यसअघि स्थानीय तहको निर्वाचनको लागि पनि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो। त्यो संयन्त्रले स्थानीय तहको तालमेल मोडालिटी बनाएको थियो।

याे पनि:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .