ad ad

राजनीति


सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँटबारे छलफल हुने

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँटबारे छलफल हुने

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०७९ शुक्रबार ८:५, काठमाडौँ

सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजेका लागि बैठक बोलाइएको गठबन्धनमा आवद्ध दल राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले जानकारी दिइन्। 

‘बैठकका एजेन्डाबारे जानकारी दिइएको छैन्,’ पौडेलले भनिन्, ‘साढे ९ बजे बैठक बस्ने तय भएको छ।’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो।

सरकारले बिहीबार मात्रै आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ। निर्वाचनको मिति घोषणा भएपछि पहिलोपटक सत्ता गठबन्धनका नेताहरु बसेर छलफल गर्न लागिएको हो। 

यसअघि बसेको गठबन्धनको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रको बाँडफाँटबारे समिति बनाएर अघि बढ्ने सहमति गरेको थियो। 

प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाको ३ सय ३० क्षेत्रको बाँडफाँटबारे आजको बैठकमा छलफल हुने गठबन्धनका एक नेताले जानकारी दिए। 

यसअघि स्थानीय तहको निर्वाचनको लागि पनि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो। त्यो संयन्त्रले स्थानीय तहको तालमेल मोडालिटी बनाएको थियो।

तर, ३ सय स्थानीय तहमा मात्र तालमेल भएको, केही तालमेलमा गठबन्धनभित्र असहयोग भएपछि अहिले भने सुरु देखि नै गठबन्धनले बनाएको समितिमार्फत निर्वाचन क्षेत्र बाँड्ने तयारी छ।

याे पनि:

संसदको कार्यकाल कति ? यस्तो छ ०७४ को नजिर
मिति घोषणापछि आयोगले थाल्यो निर्वाचन तयारी
निर्वाचन मिति तोकियो, तर ५ लाख बढी युवाले भोट हाल्न पाउँदैनन्
कामचलाउ बन्यो देउवा सरकार, अब ठूला निर्णय गर्न नपाइने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .