नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान पाँच दलीय गठबन्धन लुटका लागि बनेको बताएका छन्।
परराष्ट्र मामिलामा क्रियाशील पत्रकारहरुसँग बिहीबार आयोजित अन्तरक्रियाका क्रममा उनले यस्तो बताएका हुन्।
ओलीले आफूहरुको सरोकार लोकतन्त्रको रक्षा र सही प्रयोग भएको बताए। 'हाम्रो सरोकार लोकतन्त्रको रक्षा र सही प्रयोग हो। भ्रष्टाचारको सन्दर्भमा यो सरकारबारे केही भनिरहनु नै परेन', उनले भने, 'यहाँहरूले नै लेखेर थुप्रै कुरा बाहिर आइसकेका छन्। भ्रष्टाचारको सवालमा त यो सरकारले सबै रेकर्ड तोडिसक्यो।'
उनले गठबन्धन सरकारले जनतालाई पेलेर जान खोजेको बताए। 'यो सरकारले जनमतलाई पेलेर जाने नियत देखियो। बजेट बनाउँदा अनधिकृत व्यक्तिको प्रवेशमा प्रतिपक्ष को हो र भन्ने जनार्दन शर्मा जस्ता मन्त्री छन्', उनले भने, 'यो सरकार प्रमाणित रुपमा भ्रष्ट सरकार हो। यसले निर्वाचन गराउन सक्दैन। यो निष्पक्षता, स्वच्छता लागु गर्न नसक्ने सरकार हो।'
ओलीले पाँच दल मिल्नुलाई कृत्रिम गठबन्धन भन्दै यसको कुनै उद्धेश्य नभएको पनि बताए। 'लुटका लागि बनेको गठबन्धन छ', उनले भने, 'यो सरकारको कुनै उद्धेश्य छैन। लुट मच्चाउन जुटेका छन्।'
Shares
प्रतिक्रिया