प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमबार साँझ पशुपतिनाथको सन्ध्या आरतीमा सहभागी भएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली एमालेका अन्य केही नेताहरुसहित सन्ध्या आरतीमा अतिथिका रुपमा सहभागी हुन पुगेका हुन्।
साउनको तेस्रो सोमबार पशुपतिस्थित बागमती किनारमा हुने आरती विशेष मानिन्छ। साउन महिनाभर भगवान शिवका भक्तहरु पशुपतिमा पुग्ने गर्छन्।
बागमती किनारामा प्रत्येक दिन सन्ध्या आरती हुन्छ। आरती हेर्न ठूलो संख्यामा भक्तजनहरू सहभागी हुने गरेका छन्।
225
Shares
प्रतिक्रिया