ad ad

राजनीति


कार्यभार सम्हाल्दै अर्थमन्त्री शर्माले भने, ‘विगतका कमजोरी सुधार्दै काम गर्छु’

कार्यभार सम्हाल्दै अर्थमन्त्री शर्माले भने, ‘विगतका कमजोरी सुधार्दै काम गर्छु’

अर्थमन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री शर्मा। तस्बिर : नेपालखबर


नेपालखबर
साउन १५, २०७९ आइतबार १९:९, काठमाडौँ

राजीनामा दिएको २५ दिनपछि अर्थमन्त्रीमा नियुक्त जनार्दन शर्माले सिंहदरबार पुगेर कार्यभार सम्हालेका छन्। 

अर्थमन्त्रीको कार्यभार सम्हाल्नेबित्तिकै उनले फेरि जिम्मेवारी दिएकोमा प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी अक्ष्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितलाई धन्यवाद दिएका छन्। 

उनले कार्यभार सम्हालेपछि अर्थमन्त्रालयमा बोल्दै भने, ‘मैले बजेट कार्यान्वयन गर्ने अवसर पाएको छु त्यसमा धन्यवाद व्यक्त गर्न चाहन्छु। ’ 

उनले मन्त्रालयमा कार्यरत सबै कर्माचारीहरुलाई पहिला जस्तै सौहार्दयतापूर्ण वातारणमा  काम गरेको स्मरण गराए। 

अहिले पनि त्यहीखालको सुमधुर सम्बन्ध कायम गरेर काम गर्ने अवसर पाउने अपेक्षा रहेको शर्माले सुनाए। 

‘यहाँहरुको साथ र सहयोग त्यहीअनुसार हुने अपेक्षा गरेको छु', कर्मचारीहरुलाई इंगित तगर्दै भने, 'विगतको बजेट कार्यन्वयनमा रहेका कमजोरी सुधारेर चालू आर्थिक वर्षको बजेट कार्यन्वयन गर्ने छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .