ad ad

राजनीति


बाबुराम भट्टराई त माओवादी नै होइनन् : प्रचण्ड

बाबुराम भट्टराई त माओवादी नै होइनन् : प्रचण्ड

नेपालखबर
साउन १४, २०७९ शनिबार १४:२७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराईलाई माओवादी नै नभएको बताएका छन्। 

नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश स्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्। प्रचण्डले माओवादी भनेको प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र मात्र भएको दाबी गरे।

‘किरण माओवादी काम छैन, विप्लव माओवादी पनि अब अर्थ छैन्,’ प्रचण्डले भने, ‘बाबुराम त माओवादी नै होइनन् तीनको हिसाब नै भएन।’

उनले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा देशको बागडोर सम्हाल्ने जिम्मा माओवादी माझ रहेको बताए। ‘माओवादी भनेको माओवादी केन्द्रमात्र हो भन्ने यो पटकबाट प्रमाणित भयो’ प्रचण्डले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .