ad ad

राजनीति


राष्ट्रिय स्वतन्त्र पार्टीको भेलामा धनगढीका मेयर हमाल पनि सहभागी

राष्ट्रिय स्वतन्त्र पार्टीको भेलामा धनगढीका मेयर हमाल पनि सहभागी

नेपालखबर
साउन १४, २०७९ शनिबार १३:५६, काठमाडौँ

धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल राष्ट्रिय स्वतन्त्र पार्टीको भेलामा सहभागी भएका छन्।

शनिबार धनगढीमा आयोजित पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश भेलामा हमाल सहभागी भएका हुन्। 

गत स्थानीय तह निर्वाचनमा हमाल धनगढी उपमहानगरको प्रमुखमा स्वतन्त्रबाट मेयर चुनिएका थिए। 

गत ७ असारमा पार्टी घोषणा गरेका लामिछाने त्यसयता विभिन्न प्रदेशमा पुगेर भेला आयोजना गरिरहेका छन्। सोही अभियानअन्तर्गत आज (शनिबार) धनगढीमा प्रदेश भेला आयोजना गरिएको हाे। 

सो भेलामा सम्बोधन गर्दै मेयर हमालले भने, ‘रवि लामिछाने आयो कराउँछ जान्छ भन्छन् कतिपयले, यदि यसपालि पनि हामीले विकल्पको खोजी गरेनौं भने यो पुस्ताको भविष्य सकियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .