ad ad

राजनीति


‘देश कसरी निर्माण गर्ने भन्ने विषयमा नेताहरूलाई पोल्नु पर्छ’

‘देश कसरी निर्माण गर्ने भन्ने विषयमा नेताहरूलाई पोल्नु पर्छ’

नेपालखबर
साउन १२, २०७९ बिहिबार २०:५, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी र जनताप्रति समर्पित हुन कार्यकर्तालाई निर्देशन दिएका छन्। 

सिद्धान्तलाई व्यवहारमा उतार्न आग्रह गर्दै नेता नेपालले देश कसरी निर्माण गर्ने भन्ने बारेमा नेताहरुलाई पोल्नु पर्ने बताए। 

‘सिद्धान्तलाई व्यवहारमा उतार्नुस्, इमान्दार हुनुस्, निष्ठावान हुनुस्’ पार्टी स्कुल विभागको केन्द्रीय प्रशिक्षण कार्यक्रमको समापन गर्दै नेपालले भने, ‘पार्टी र जनताप्रति समर्पित भएमा मात्र लक्ष पुरा हुनेछ। देश कसरी निर्माण गर्ने भन्ने बारेमा नेताहरुलाई पोल्नु पर्छ।’ 

नेता नेपालले पार्टीप्रति समर्पित हुन, सत्यप्रति इमान्दार बन्न र आदर्शप्रति समर्पित हुन पनि कार्यकर्तालाई निर्देशन दिए।

उनले यस खालका अभियानलाई प्रदेश र जिल्ला तहसम्म लैजान पनि आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .