ad ad

राजनीति


जनार्दन शर्मा प्रकरण : प्रहरीले बुझाएको फरेन्सिक रिपोर्टबारे छलफल हुँदै

जनार्दन शर्मा प्रकरण : प्रहरीले बुझाएको फरेन्सिक रिपोर्टबारे छलफल हुँदै

नेपालखबर
साउन १०, २०७९ मंगलबार ७:१६, काठमाडौँ

अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा छानबिन गर्न गठित संसदीय छानबिन समितिको बैठक बस्दै छ।

मंगलबार बिहान ८ बजेका लागि तय भएको बैठकमा नेपाल प्रहरीको फरेन्सिक ल्याबले बुझाएको प्रतिवेदनमाथि छलफल हुने भएको छ। 

बजेट निर्माण गर्दा १४ जेठ राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। सो विषयमा संसदीय विशेष समितिमा छलफल जारी छ। 

गत ४ साउनमा डिलिट भएको भनिएको सीसीटीभी फुटेज रिकभरका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको थियो।

असम्बन्धित व्यक्तिलाई प्रवेश गराई करको दर हेरफेर गरेको भन्दै संसदले गत २२ असारमा ११ सदस्यीय विशेष छानबिन समिति गठन भएको थियो।  सुरुमा समितिलाई १० दिनको समय दिइएको थियो।

निर्धारित समयमा समितिले अर्थमन्त्री जनार्दन शर्मा, अर्थ मन्त्रालयका सचिव, विभिन्न विभागका महानिर्देशक लगायतसँग छलफल गरेको थियो।

तर, उनीहरुसँगको बयानबाट पनि जनार्दनले कुनै गलत नगरेको पुष्टि भएपछि समितिले सीसीटीभी फुटेज हेरेको थियो।

फुटेजमा पनि यथार्थ विवरण प्राप्त नभएको भन्दै समितिले डिलिट भएको सीसीटीभी फुटेजलाई फरेन्सिक ल्यावमा पठाएर रिकभर गराउन खोजेको हो।

समितिले जनार्दन शर्माको कुनै पुष्टि हुने आधार नदेखेको भन्दै प्रतिवेदन लेख्न थालेको छ। दोस्रो पटक थपिएको ७ दिनको समयमध्ये तीन दिन बितिसकेको छ।

सोमबारदेखि नै समितिले निष्कर्ष समेटेर प्रतिवेदन लेख्न थालेको संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .