ad ad

राजनीति


गठबन्धन प्रतिनिधि सभा निर्वाचनसम्मै कायमै रहन्छ : अध्यक्ष नेपाल

गठबन्धन प्रतिनिधि सभा निर्वाचनसम्मै कायमै रहन्छ : अध्यक्ष नेपाल

नेपालखबर
साउन १०, २०७९ मंगलबार ६:२८, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनसम्म नै वर्तमान सत्ता गठबन्धन कायमै रहने बताएका छन्।

४४ औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीले सोमबार  पोखरामा आयोजना गरेको विचार गोष्ठीमा उनले प्रतिगमन रोक्न, संविधान र सङ्घीयता जोगाउन पाँच दलीय गठबन्धन बनाएर चुनावमा जानुपरेको बताए।

अध्यक्ष नेपालले निर्वाचनमा दलबीच सिटको बाँडफाँट भने सम्मानजनक हुनुपर्नेमा जोड दिए ।

उनले भने 'अहिलेको गठबन्धन टुट्ने वाला छैन, आउने चुनावसम्म कायमै रहन्छ, तर निर्वाचनमा जम्मै सिट जति आफू लिउँला, उर्घिएको मात्र दिउँला भनेर कुनै पार्टी विशेषले सोच्छ भने हामी टुलुटुलु हेर्ने वाला छैनौँ, आफ्नो शक्तिमा भरोसा गरेर अघि बढ्नेछौँ।'

कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउँदै राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, समानता र जनजीविकाको झण्डालाई बुलन्द पार्न पुष्पलालका अनुयायीले उनीबाट प्रेरणा प्राप्त गर्दै अघि बढ्न सक्नुपर्नेमा उनको जोड छ।

पुष्पलालले अवलम्बन गरेकाे बाटोमा कहिल्यै पनि खोट नभएको बताउँदै अध्यक्ष नेपालले उनकै विचारबाट निर्देशित कम्युनिष्ट पार्टीले जनतामा प्रभाव जमाउन, जनताको विश्वास जित्न सफल भएको र कम्युनिष्ट जनमत नेपालमा बलियो बनेको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .