ad ad

राजनीति


जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको म्याद सात दिन थपियो

जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको म्याद सात दिन थपियो

फाइल तस्बिर


नेपालखबर
साउन ५, २०७९ बिहिबार १६:४२, काठमाडौँ

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थपिएको छ। 

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा समितिले सात दिन म्याद थप्न गरेको आग्रहलाई सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रसताव पेश गरेकामा सर्वसम्मत स्वीकृत भएको हो। 

जनार्दनले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश र करका दर तोडमोड गरेको आरोप लागेपछि गत असार २२ गते समिति बनाइएको थियो। 

समितिलाई छानबिन थालेको समयदेखि १० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको थियो। तर बिहीबारसम्म पनि यसले छानबिन नसकेपछि म्याद थपिएको हव। 

बिहीबार बिहानमात्रै यो समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिएको थियो। शर्माले लामो बयान दिँदै समितिलाई स्पष्ट पार्न खोजेका थिए। 

शर्माले अर्थमन्त्रीका रुपमा आफैंले करको दर हेरफेर गरेको बताउँदै अनधिकृत व्यक्तिको संलग्नता अस्वीकार गरे। आफूमाथिका आरोप निराधार भन्दै उनले आफ्नो बचाउ गरे।

चर्को आलोचना भएपछि राजीनामा दिएका शर्माविरुद्ध प्रतिनिधिसभाले गत असार २२ गते ११ सदस्यीय संसदीय समिति बनाएको थियो। 

जेठ १४ गते राति अर्थ मन्त्रालयमा बजेटलाई अन्तिम रुप दिँदै गर्दाको सीसीटीभी फुटेज गायब भएपछि रिकभरका लागि नेपाल प्रहरीको सहयोग लिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .