ad ad

राजनीति


कालिकोटको खाँडाचक्रका मेयर शाही एकीकृत समाजवादीमा प्रवेश

कालिकोटको खाँडाचक्रका मेयर शाही एकीकृत समाजवादीमा प्रवेश

नेपालखबर
साउन ५, २०७९ बिहिबार १६:१०, काठमाडौँ

कालिकोटको खाँडाचक्र नगरपालिकाका मेयर** कमलबहादुर शाही नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। 

उनलाई बुधबार अपरान्ह पार्टी अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रममा स्वागत गरेका हुन्। 

गत स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको समर्थन पाएका स्वतन्त्र उम्मेदवार उनले जित निकालेका थिए। 

उनी २ हजार ९१९ मत ल्याएर विजयी भएका थिए। त्यहाँ प्रतिद्वन्द्वी नेकपा एमालेका जसीप्रसाद पाण्डेले २ हजार ६०९ मत ल्याएका थिए। उनी निवर्तमान नगर प्रमुखसमेत हुन्। 

सच्याइएको**  यसअघि यसै समाचारमा खाँडाचक्र नगरपालिकाका मेयर हुनुपर्नेमा अन्यथा भएकाले सच्याएका छौँ। -सम्पादक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .