ad ad

राजनीति


समाजवादीको निर्णय : कांग्रेससँगको गठबन्धन जोगाउने, वाम एकताको पहल गर्ने

समाजवादीको निर्णय : कांग्रेससँगको गठबन्धन जोगाउने, वाम एकताको पहल गर्ने

नेपालखबर
साउन ३, २०७९ मंगलबार १८:२४, काठमाडौँ

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले नेपाली कांग्रेससँगको गठबन्धन जोगाउँदै वाम एकताको पहल गर्ने निर्णय लिएको छ।

मंगलबार बसेको समाजवादीको ३२ औँ सचिवालय बैठकले यस्तो निर्णय लिएको महासचिव बेदुराम भुसालले जानकारी दिएका छन्। 

‘बैठकले विभिन्न चारवटा निर्णय गरेको छ’, उनले भने, ‘आगामी निर्वाचन सन्दर्भमा वर्तमान ५ दलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको छ।’

भुसालका अनुसार निर्वाचन नजिकिएकाले संगठन सुदृढीकरण अभियानलाई तीव्रताका साथ अघि बढाउने निर्णय पनि बैठकले गरेको छ।

त्यसैगरी समाजवादीले समाजवादसम्बन्धी दस्तावेज पनि तयार गर्ने भएको छ। बैठकले वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार गर्ने निर्णय पनि गरेको भुसालले बताएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .