ad ad

राजनीति


रणनीति बनाउँदै विप्लव, रणनीतिक मोर्चाका नेताहरुसँग बाक्लो संवाद

रणनीति बनाउँदै विप्लव, रणनीतिक मोर्चाका नेताहरुसँग बाक्लो संवाद

फाइल तस्बिर


नेपालखबर
साउन ३, २०७९ मंगलबार १४:९, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले रणनीतिक मोर्चाअन्तर्गतका नेताहरूसँगको भेटघाट बाक्लो बनाएका छन्। 

विप्लवसहित मोर्चामा सहभागी ऋषि कट्टेल, देशभक्त दुलाल 'आहुति', कर्णजीत बुढाथोकी 'सुशील'बीच केही दिनअघि छलफल भएको थियो। 

छलफलमा संयुक्त मोर्चा बनाएर जाने कुरालाई निरन्तरता दिएर क्रान्तिकारी शक्ति अघि बढ्नेबारे छलफल भएको विप्लवनिकट एक नेताले जानकारी दिए। 

गत १४ पुसमा रणनीतिक मोर्चा बनाएर आन्दोलनको तयारी गरिएको थियो। 

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी र ऋषिराम कट्टेलको नेतृत्वको नेकपा उक्त मोर्चामा सहभागी थिए। 

तर, वैद्यले गत निर्वाचनदेखि नै धोका दिएको विप्लवसहित अन्य मोर्चामा सहभागी दलका नेताहरुको बुझाइ छ। 

‘अस्तिको बैठकमा पनि वैद्य उपस्थित हुनु भएको थिएन,’ ती नेताले भने, ‘अब बाँकी शक्तिहरूबीच कसरी ध्रुवीकरण र एकताको प्रोसेसमा अघि बढ्नेबारे छलफल भइरहेको छ।’

उक्त भेट राजधानीको बुद्धनगरस्थित विप्लवकै केन्द्रीय पार्टी कार्यालयमा भएको थियो। 

रणनीतिक मोर्चालाई निरन्तरता दिन नसकेपछि बाँकी विचार मिल्नेहरूले कमीकमजोरी समीक्षा गरेर अघि बढ्ने गरी छलफल भएको ती नेता बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .