ad ad

राजनीति


अजित डोभालसँग महत्वपूर्ण कुरा भयो, केही प्रगति हुन्छ : प्रचण्ड

अजित डोभालसँग महत्वपूर्ण कुरा भयो, केही प्रगति हुन्छ : प्रचण्ड

नेपालखबर
साउन १, २०७९ आइतबार १९:०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग महत्वपूर्ण कुरा भएको बताएका छन्।

तीन दिने भ्रमण सकेर आइतवार त्रिभुवन विमानस्थलमा उत्रिएपछि पत्रकारहरुसँग कुरा गर्दै दाहालले यस्तो बताएका हुन्। 

'अजित डोभालसँगको भेट निक्कै महत्वपूर्ण रह्यो। उहाँसँग २ घण्टा लामो कुराकानी भयो', उनले भने, 'खुलेर समस्या सम्भावना, अवसर र चुनौतीबारे कुराकानी भएको छ। मैले तेलको मूल्य, खाद्यान्न र डुबानबारे पनि कुरा उठाएको छु। केही दिनमा प्रगति हुन्छ।'

उनले डोभालसँगको कुराकानीका क्रममा राहत पेट्रोलियम पदार्थ उपलब्ध गराउन पनि आफूले आग्रह गरेको बताएका छन्। 

उनले यो पटक आफ्नो भ्रमण उत्साहप्रद भएको पनि बताएका छन्। 'यो पटक भ्रमणलाई मिडियाले उत्साहप्रद प्रचार गरे। दिल्लीमा नेपाली राजदूतले आरजु म्याडम (आरजु देउवा) लाई बोलाउनु भएको हो। दूतावासमै भेट्न उचित हुन्छ भनेको थिएँ। तर कतिपयले अतिरञ्जित गरे', उनले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .