ad ad

राजनीति


एकता प्रस्ताव गरेको एक दिनमै ओलीसँग किन रिसाए नारायणकाजी?

एकता प्रस्ताव गरेको एक दिनमै ओलीसँग किन रिसाए नारायणकाजी?

फाइल तस्बिर


नेपालखबर
साउन १, २०७९ आइतबार १३:२०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले शनिबार एक कार्यक्रममा तत्कालै वामपन्थीबीच एकता गर्न नसकिए चुनावी तालमेल गरेर अघि बढ्नुपर्ने प्रस्ताव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गरे। 

‘नेपालको भूराजनीतिक अवस्थाबारे’छलफलमा भाग लिँदै श्रेष्ठले कम्युनिष्टहरू फेरि एक ठाउँमा आउनुपर्नेमा जोड दिएका थिए।

तर त्यही कार्यक्रममा नारायणकाजीपछि बोलेका एमाले अध्यक्ष ओलीले कांग्रेससँगको गठबन्धन टुटाएर आए मात्रै वाम एकता अघि बढ्ने बताएपछि उनी रिसाएका छन्। 

‘तत्काल पार्टी एकता गर्न नसकिएला, तर तालमेल गरेर अघि बढ्न सकिन्छ,’ श्रेष्ठले भनेका थिए।  तर ओलीले आत्मआलोचित हुनुको साटो घमण्ड देखाएको भन्दै नारायणकाजीले असन्तुष्टि जनाएका हुन्।

तर त्यही कार्यक्रम एमाले अध्यक्ष ओलीले को छ अरु वामपन्थी पार्टी भन्दै आफ्नो पार्टी मात्रै वामपन्थी भएको विचार प्रकट गरेपछि नारायणकाजीले आक्रोश पोखेका हुन्। 

'ओलीले प्रधानमन्त्री हुँदा संविधानको प्रावधानविरुद्ध प्रतिनिधिसभा विघटन गरेका कारणबाट उहाँ नेतृत्वको एमालेको लोकतान्त्रिक विश्वसनीयता (क्रेडिबिलिटी) माथि समेत प्रश्न उठ्ने गरेकोमा आत्मआलोचित हुनुको सट्टा त्यस्तो अभिव्यक्ति दिनु निश्चय पनि सकारात्मक  संकेत होइन', उनले भनेका छन्, 'यसले अहम् त तुष्टि गर्ला, तर देश, जनता र वामपन्थी आन्दोलनलाई कुनै योगदान पुर्‍याउने छैन।'

उनले उक्त कार्यक्रममा आफूले सबै पक्ष आत्मआलोचित भइ वाम तालमेल र एकता गरौँ भन्ने प्रस्ताव राख्दा ओलीले अहंकार देखाएको पनि जिकिर गरेका छन्। 

'मैले आत्मआलोचित भई वाम तालमेल र एकता गरौं भन्ने प्रस्ताव राख्दा र वकिल जस्तो मात्र नहुन अपील गर्दा समेत हलमा उपस्थित सहभागीले कर्तल ध्वनिकासाथ ताली बजाएर समर्थन गर्नु भएको थियो', उनले भने, ''तिनै श्रोता सहभागीहरुले ओलीले अहंकार प्रदर्शन गर्दै वाम एकतामा ठेस पुग्ने गरी बोल्दा फेरि जोडले ताली बजाउनुभयो। यसले वाम तालमेल र एकतालाई सहयोग पुर्‍याउँछ त? हामी कहिले सच्चिने होला? गम्भीरतापूर्वक सोचौँ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .