राजनीति


कर्णाली आमसञ्चार प्रतिष्ठान गठन गरिने

कर्णाली आमसञ्चार प्रतिष्ठान गठन गरिने

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार १६:५,

कर्णाली प्रदेश सरकारले चालू आवमै आमसञ्चार प्रतिष्ठान गठन गर्ने भएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयसँगको समन्वयमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालय, कर्णाली प्रदेशका कानून अधिकृत तुलबहादुर खड्काले आमसञ्चार प्रतिष्ठान गठन प्रक्रिया गएको जानकारी दिए।

‘हामी केही समयमै नियमावली बनाउँछौँ”, कानून अधिकृत खड्काले भने, ‘त्यसका लागि कानून मन्त्रालयले रु तीन करोड २५ लाख बजेट विनियोजनका लागि अर्थ मन्त्रालयमा कार्ययोजना पेश गरेको छ।’

सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले प्रतिष्ठान नियमावली प्रेसमैत्री बन्नुपर्नेमा जोड दिए। फोनिज कर्णाली प्रदेशका इञ्चार्ज अशोक राजीले प्रदेश सरकारले पत्रकारको सीप र क्षमता अभिवृद्धिका लागि प्रतिष्ठान गठन गर्ने कुराले आफूहरुलाई उत्साहित बनाएको जनाए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad