ad ad

राजनीति


घनश्याम भूसाल भन्छन् - माधव नेपालले जीवनकै ठूलो गल्ती गरे

घनश्याम भूसाल भन्छन् - माधव नेपालले जीवनकै ठूलो गल्ती गरे

नेपालखबर
असार २७, २०७९ सोमबार ८:५८, काठमाडौँ

एमाले नेता घनश्याम भूसालले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको आरोप लगाएका छन्। 

सोमबार सामाजिक संजालमा एक स्टाटस लेख्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्। 

उनले लेखेका छन्,'आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन्। कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए।'

अध्यादेशका आधारमा नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेकाे भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न नसक्ने भूसालको जिकिर छ। 

​ उनी भन्छन्, 'ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित गर्नुपर्नेछ।'


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .