ad ad

राजनीति


सरला यादव प्रतिनिधिसभामा एकीकृत समाजवादीकी प्रमुख सचेतक

सरला यादव प्रतिनिधिसभामा एकीकृत समाजवादीकी प्रमुख सचेतक

नेपालखबर
असार २४, २०७९ शुक्रबार १५:६, काठमाडौँ

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले सरला यादवलाई प्रतिनिधिसभाको प्रमुख सचेतकमा नियुक्त गरेको छ। 

समाजवादीको शुक्रबार सम्पन्न केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। 

पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको ३१ औँ बैठक यादवलाई प्रतिनिधि सभाको प्रमुख सचेतकमा मनोनयन गर्ने निर्णय  गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताएका छन्। 

यसअघि २०७८ मंसिरमा समाजवादीले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको थियो।

तर श्रेष्ठ गत जेठ २२ को सचिवालय निर्णयअनुसार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेसँगै सचेतकको भूमिका यादवले पाएकी हुन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .