ad ad

राजनीति


बैठकमा लफडा भयो भनेर बाहिर प्रचार गरे होला, जे भयो राम्रै भयो : प्रचण्ड

बैठकमा लफडा भयो भनेर बाहिर प्रचार गरे होला, जे भयो राम्रै भयो : प्रचण्ड

नेपालखबर
असार २३, २०७९ बिहिबार १८:४८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्युरो सदस्य छनौट गर्दा भएको लफडा ‘सकारात्मक’ भएको बताएका छन्। 

पोलिटब्युरो सदस्यको नाम पढेर सुनाउँदा केही सदस्यहरुले असन्तुष्टि जनाएका थिए। असन्तुष्टिपछि एक घन्टा बैठक स्थगित गरे प्रचण्डले पुनः शीर्ष नेताहरुसँग गृहकार्य गरेका थिए। 

सुरुमा १२५ जनाको नाम पढेर सुनाएका प्रचण्डले असन्तुष्ट सबैलाई सम्बोधन हुनेगरी लगभग १७५ जनाको नाम केन्द्रीय समिति बैठकको हलमा पढेर सुनाए। त्यसमध्येबाट १५६ जना पोलिटब्यूरोमा छानिने पनि उनले बैठकमै भनेका छन्। 

सुदूरपश्चिम, कर्णाली र काभ्रे जिल्लाका केही केन्द्रीय सदस्यहरुले बैठकमा असन्तुष्टि राखेपछि प्रचण्डले एक घन्टा बैठक स्थगित गराउन परेको थियो। 

सो असन्तुष्टिपछि भएको ‘लफडा’ ले राम्रो भएको प्रचण्डले बैठकमा बताएका छन्। 

‘बैठकमा रन्कारन्किजस्तो देखिएको राम्रो भएको छ जस्तो लागेको छ मेरो विचारमा,’ प्रचण्डले बैठकमा भने, ‘पोलिटब्यूरोमा समस्या हुनेबित्तिकै यसलाई करेक्सन गर्न पाइयो नि त। अन्ततः यसलाई सन्तुलित ढंगले संख्या टुंगाले लगाउन सहयोग भएको छ।’

बाहिर लफडा भएको भनेर प्रचार भएको भए पनि त्यसले आफूलाई भने राम्रो भएको उनले बताए। 

‘बाहिर त लफडा भयो भनेर प्रचार पनि गरे होलान्। काभ्रे छुट्यो, यो भयो भन्ने तपाईंहरुको कुराले मलाई सबै लिस्ट पढ्न सहयोग भयो,’ प्रचण्डले भने। 

‘अब हामी स्थायी कमिटी बस्छौँ, सबै प्रदेशको कार्यक्रम बनाउँछौँ र पोलिटब्युरोको सम्पूर्ण लिस्ट बनाउँछु,’ प्रचण्डले बैठकमा भने, ‘१० वटै प्रदेशबाट आउने र विशेष संरचनाबाट आएका सुझावका आधारमा संगठन बनाउँछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .